काठमाडौं,२९ पुस । शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको प्रतीक्षित चलचित्र ‘चपली हाइट ३’को बुकिङ खुल्ला गरिएको छ । देशभरका सबै मल्टिप्लेक्सले बुधबारबाट नै चलचित्रको बुकिङ खुल्ला गरेका हुन् ।
दुई सातादेखि हलमा कुनै पनि नेपाली चलचित्र रिलिज नभएका कारण यो चलचित्रमाथि धेरैको चासो छ । कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले यसपछि अर्को चलचित्र रिलिज हुने नहुने टुंगो छैन । माघ १९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्ष कोरोनाको प्रभाव हेरेर चलचित्र रिलिज गर्ने वा नगर्ने सोचमा देखिन्छ । जसका कारण यो चलचित्रको प्रचार शुरु भएको छैन ।
