धनगढी, २९ पुस/नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन् ।बुधबार सम्पन्न मतगणना अनुसार विष्टले २८१ मत ल्याए ।उनका प्रतिद्वन्दी वीरबहादुर थापाले १८३ मत ल्याए ।
यस्तै उपाध्यक्षमा लक्ष्मी बुढाको जित भयो । उनको २५४ मत आएको छ । प्रतिद्वन्दी महेश प्रसाद पन्तको २०५ मत आएको छ ।सचिवमा पल्लवराज भट्टले २३३ मतका साथ जित हात पारेका छन् । उनका प्रतिद्वन्दी अशोक चन्दले २२६ मत ल्याए ।
उसचिवमा कर्णबहादुर चन्द ३४७ र फैरु तामाङ २९६ मतका साथ विजयी भएका छन् । उपसचिवका उम्मेदवार शेरबहादुर चन्दको १९७ मत आयो । कञ्चनपुरमा कुल ४७० मतदाता रहेका थिए ।