धनगढी, २८ पुस/धनगढी १६ मा रहेको बेहेडाबाबा मन्दिर परिसरमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले सरसफाई गरेका छन् । माघेसंक्रान्तीलाई लाग्ने मेलालाई लक्षित गर्दै नेपाली काँग्रेस १६ नम्बरको वडा कार्यसमितिको आयोजनामा बुधबार सरसफाई कार्यक्रम गरिएको थियो ।
मन्दिरमा संक्रान्तीको पुर्व सन्ध्यामा काँग्रेस कार्यकर्ता, स्थानीय क्लव र प्रहरीको सहयोगमा कार्यक्रम गरिएको नेपाली काँग्रेस १६ नम्बरको वडा कार्यसमितिका सभापति लक्ष्मण चौधरीले जानकारी दिए । कार्यक्रममा वडा नम्बर १६का वडा अध्यक्ष लक्ष्मीनारायण चोधरी, प्रदेश प्रतिनिधिी राजेन्द्र बमको अगुवाईमा सो कार्यक्रम भएको थियो ।