काठमाडौं,२८ पुस । नेपाल मेडिकल काउन्सिलका ८ जना कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि काउन्सिलले दिने सेवा प्रभावित हुने भएको छ ।काउन्सिलका रजिस्टार डा. कृष्णप्रसाद अधिकारीका अनुसार काउन्सिलले प्रदान गर्ने नियमित सेवा १० दिनसम्मका लागि केही ढिलाइ हुने बताए ।
मंगलबार आएको कोरोनाको परीक्षणको रिपोर्टमा २ जना पदाधिकारी र ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको उनले बताउ । रजिस्टार डा. अधिकारीकाले बुधबार एकसूचना जारी गर्दै सेवामा केही ढिलाइ हुनेबारे सेवाग्राहीहरुलाई जानकारी गराएका हुन् ।