जगत देउवा
धनगढी, २३ पुस/सुदूरपश्चिमको प्रमुख शहर धनगढीको बसपार्क अस्तव्यस्थ अबस्थामा रहेको छ । धनगढी बसपार्कमा सयौका संख्याका सवारीसाधन आवतजावत भएतापनि व्यबस्थापनको समस्याले बसपार्कको अबस्था दयनिय रहेको छ ।
सुदूरपश्चिमको प्रमुख शहर मानिने धनगढीमा बसपार्क व्यबस्थित नहुदा यातायात व्यबसायी र यात्रुहरु निकै समस्या छन् । बसपार्क व्यबस्थापनमा कसैले पनि चासो दिन नसकेको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए । धनगढि बसपार्क अव्यबस्थित भएका कारण आम जनताले निम्न समस्या भोग्नु परेको छ । खानेपानि, यात्रु प्रतिक्षलय, फोहर राख्ने डष्टबिन अटोरिक्सा,बाईक, ट्याक्सी र साइकल पार्कीङ्ग नहुदा समेत समस्या झेल्नु परेको सुरेश रोकायले बताए ।
बसापर्कमा यातायात व्यबसायीका संस्थाहरुले रकम संकलन सिसिटिभी जडान गरेको मालिका यातायात प्रालि धनगढीका ईन्चार्ज पे्रम कार्कीले बताए । अहिले सिसि क्यामरा जडान भएकोले केही बसपार्कमा सुरक्षा व्यबस्था बलियो भएको कार्कीको भनाई छ । सरकारी क्षेत्रबाट कतैबाट पनि बसपार्कको व्यबस्थित बनाउन कतैबाट पहल नभएको व्यवसायीहरुको गुनासो छ ।
बसपार्क क्षेत्रका सर्बसाधारणले जथाभाबी फोहर फाल्ने गरेका कारण दुर्घन्धीत भैरहेको सुदूरपश्चिम यातायात प्रालिका सन्तोष सेठीको गुनासो छ । फोहोर फाल्ने डस्बिनको समेत व्यबस्था बसपार्कमा नभएको सेठीको गुनासो छ । ‘बसपार्क सडक बत्ति समेत छैन’ सानो भयो,बत्तीको सुविधा नभएको र वसपार्क भित्र सुरक्षाकर्मीको व्यवस्था हुन नसकेको बताए ।
दुई दिन ढिलो जाने गाडीहरु पनि वसपार्क भित्र ल्याएर राख्ने र जथाभावी मोटरसाईकल ल्याएर वसपार्क भित्र छाड्ने गरेको छ भने व्यवस्थित हुन अहिले सम्म नसकेको लामिछानेले बताए । सामानहरु चोरि हुने, हराउने गरेको धेरै छ भने सिसि टिभो क्यामराको व्यवस्था भएको भए चोरहरुलाई सजिलै समात्न सकिने लामिछानेले बताए ।