एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग ९इएफएल० कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ ।चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहम २–० ले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना बलियो बर्नाको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीको जितमा काइ हाभर्टजले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको पाँचौ मिनेटमा काई हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो । उनले मार्कोस अलन्सोको पासमा गोल गरेका थिए । ३४औं मिनेटमा विन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।दोस्रो हाफमा दुवै टोलीबाट गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा चेल्सीले पहिलो हाफको अग्रता जोगाउँदै जित निकाल्न सफल भयो ।
अब दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ । यस खेलमा यही नतिजा कायम राख्न सके चेल्सी फाइनलमा पुग्नेछ । टोटेनहमलाई कम्तीमा पनि ३–० को जित आवश्यक छ । २–० को जितले खेल अतिरिक्त समय हुँदै ट्राइब्रेकरमा लम्बिवन सक्नेछ ।कारवाओ कपको फाइनल २७ फेब्रुअरीमा हुनेछ । कोभिडका कारण लिभरपुल र आर्सनलबीचको खेल स्थगित हुन पुग्दा खेल तालिका प्रभावित बनेको छ । पहिलो लेग १३ जनवरीमा तथा दोस्रो लेग २० जनवरीमा हुनेछ ।