जगत देउवा
धनगढी २० पुस/जोनापुर राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन रुपन्देहि–११ बुटवल भएको छ ।ग्रिनल्याण्ड पार्क जोनापुरको आयोजना भएको सेभेन साइड राष्ट्रिय भेट्रान प्रतियोगिताको मंगलबार रुपन्देहि–११ बुटवल र कैलाली भेट्रान बिच भएको फाईलन खेलमा रुपन्देहि–११ बुटवल ०–१ले बिजयी भएको हो ।रुपन्देहि–११ बुटवलका तर्फबाट राजु खड्काले पहिलो हाप नहुदै १९ मिनेटमा एक गोलको योगदान दिदै आफ्नो टिम रुपन्देही–११लाई जित दिलाएका हुन् ।
त्यसैगरी कैलाली भेट्रान काठमाण्डौ उपबिजेता भएको थियो । प्रतियोगिताका बिजेताले एक लाख र उपबिजेताले ५० हजार पुरस्कार प्राप्त गरेका थिए । आठ टिम सहभागि भएको राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सर्बाधिक गोलकर्ताको उपाधि रुपन्देही–११ उज्वल श्रेष्ठ र उत्कृष्ट गोलरक्षकको उपाधी कैलाली भेट्रान काठमाण्डौका प्रकाशकुमार मगरले प्राप्त गरेका छन् ।
ग्रिनल्याण्ड पार्क जोनापुरका अध्यक्ष गोपाल चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिका प्रमुख हरिसिह साँउद रहेका थिए ।