एकेन्द्र चन्द/डोटी,गाउँ गाउँमा स्थानीय सरकार आए पछि बिकास निर्माण सघै बिदेशीने युबाहरुले स्वदेशमै रोजगारी पाउने आशा गरेका थिए । सुदुरपश्चिम सरकारले त रटान नै रटेर बिदेशीने युबाहरुलाइ स्वदेशमै काम दिएर भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा नै गरेको थियोे तर, त्यसो हुनुको साटो पिडामा परेका आफ्ना नागरिकलाइ सानो सहयोग सम्म नि गर्न सकेन । रोजगारी सिर्जना गरेपनि आफ्ना आफन्त र कार्यकर्तालाइ मात्र पोस्ने काम भयो पहुँच नै नभएका युबाहरुको दुख बिदेश जाने बाहेक केही रहेन ।
कृषिमा अनुदान लगायत आउने अनुदान पनि कार्यकर्तामुखी हुदा बास्तबिक किसान लगायत कतिपय क्षमता वान युबाहरुको भबिश्य पनि अन्धकार तर्फ धकिलिन पुगेको पाइन्छ उनिहरुको अन्तिम बिकल्प भनेको बिदेश नै रहेको छ । त्यस मध्यको एउटा नाम हो बदिकेदार गाउँपालिकाका युबा देब बहादुर मौनिको देब जस्तै हजारौं युबाको भबिस्य यस्तै छ ।
नाबालक छँदै बुबा गुमाएका देब मौनीको परिवारमा बाँकिरहे तीन जना सदस्य मात्रै । आमा, दिदी र देव । आमाले छोरा देवलाई दुखःगरि पढाउनुभयो । छोरीको विवाह भएपछि बाध्य भएर आमाले ८ कक्षामा पढ्दैगरेको छोरा देवको पनि विवाह गरिदिनुभयो । पढाइ, खेलकुद र अन्य गतिविधिमा तिष्ण देवले २०७० सालमा एसएलसि दिंदा ८० प्रतिसत अंक ल्याउने अपेक्षा गरेका थिए । दुर्भाग्य बस देवको एसएलसिको नतिजा रोक्का भयो । एस एल सि केन्द्रमा भएको अंग्रेजी प्रयोगात्मकको अंक देवलाई दिईएको थिएन ।दुःखको यो घडीमा उनलाई अर्को वर्ष फेरि एस एल सि दिन सुझाब मात्र आईरहेका थिए । उनी निरास हुँदै फर्किए ।
स्कुलमा हेडमास्टर, बुद्दिजीवि, अध्यक्ष, शिक्षकहरु सबैका सामू कुरा राखे ।तर केही उपाय नलागे पछि आफन्त नाता पर्ने अंकल सघ स्कुल पुगे तर भने ,ू तपाईं काठमाण्डौं बसेको मान्छे, सकिन्छ भने देवको काम गरिदिनुहोस । स्कुलमा अहिले पैसा छैन । आफ्नो पैसाले काम गरिदिनु पर्यो । पछि स्कुलबाट जम्मा लागेको खर्च दिन्छौं । सबै खर्च स्कुललेनै तिर्छ । भन्ने सहमति पछि उनका अंकल खडक मौनिले जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंह संग सल्लाह गरे । उनले भने अनुसारका कागजात तयार गरि काठमाण्डौं जाने पुरा तयारी गरे । देवकी आमासंग कत्तीपनि पैसा थिएन । उनका अंकलको सहयोगमा २०,०००।– रुपैंया लगेर म र अंकल काठमाण्डौं गयौं ।
देवको रोक्का भएको रिजल्ट बन्ने भयो । दुबैजना २०७१ साल असार १३ गते घर फर्कियौं उहाले भन्नुभयो दुबैजनाको जम्मा खर्च काठमाण्डौं जाँदा आँउदा ६,२००।– जति भएको थियोे । साउन २ गतेका दिन काठमाण्डौंमा भएको देवको काम गरेको खर्च ६,२००।– स्कुलमा माग्दा बिधालयका प्रधानाध्यापक बुद्दिजीवि, अध्यक्षले स्कुलले पैसा तिर्न सक्दैन । आफै तिर्नुपर्छ । हामी दिन सक्दैनौं भन्ने कुरा गरेपछि । अरु कोहि बोलेनन् ।
स्कुलले पैसा दिएन भन्ने कुरा सुनेर देवकी आमा उनका अंकलको पैसा फिर्ता दिनको लागि पैसा लिएर अंकलको घरमा जानुभयो । काठमाण्डौंमा भएको देवको काम गरेको खर्च कति हो ? स्कुलले दिएन अरे । ठिकै छ । हामी गरिवलाई को सहयोग गर्छ र ? म दिन्छु । कति हो खर्च भएको भनेर मलाई उहालाइ पैसा समात्न भन्न थाल्नुभयो । उहाँको कुरा सुनेर मैले भने ,स्कुलले नदिए पनि मैले दिए । मेरो पनि विद्यार्थी हो । तपाईले दिनु पर्दैन भनी सम्झाए । मैले देवकि आमाबाट पैसा लिएन उहाको अंकल खडकले भन्नुभयो ।
रिजेल्ट आए पछि देवले ७१ प्रतिसत अँक पाएका थिए एसएलसिमा । गरिव परिवारका देवलाई दिन्छौं भनेको पैसा स्कुलले अहिले सम्म दिएकै छैन । स्कुलले देवको खर्च दिन्न भनेपछि मैले भावुक हुँदै भनेको थिए । देव मेरो सामुन्नेमा आँखामा आँसु टल्पलाउदै आएर भन्यो, मेरो त रिजल्ट रोक्का भयो, के भयो, बनाईदिनुप¥यो । यो भनेर रुँदैआएको थियो । ठीक छ उसका आँसु मैले पुछिदिए । अब उप्रान्त यो विद्यालयको प्राङ्गणमा कोही विद्यार्थी रुदै आउने वातावरण नबनाईयोस । कोही रुदै आए भने मैले जस्तै सहयोग गरेर आँशु पुछिदिनुहोला भनेर भनेको थिए । कोहि केही बोल्न सकेनन् । मैले पनि त्यो दिन देखि त्यो स्कुलमा पढाउन छोडे । ७ वर्षसम्म काम गरेको त्यो स्कुलमा अन्तिम दिनमा पनि अपमानजनक व्यवहार गरेकाले मेरो हृदय पनि रोएको थियो । उहाले थप्नुभयो ।त्यस पछि उनी विज्ञान पढ्न टिकापुर गए । खर्च नपुगेपछि ४ महिना पछि पढाइ छोडेर देव घर फर्किए ।
दोस्रो वर्ष ११ कक्षामा गणित पढ्न उनी किम्तोलामा भर्ना भएका थिए । साथीसंग मासिक ५००।–भाडाको कोठामा बसेर पढ्न थाले । १२ कक्षा पढ्दा देव आफ्नै अंकल खडक मौनिको घरमा बसे । तर उनी नुन तेल चामल आफ्नै खान चाहन्थे । उनी दुखसुख गरि १ वर्ष त्यहि बसे । गणित लिएर १२ कक्षा पास प्रथम स्थानमा गरे । उनको परिवारमा चरम गरिबी थियो । उनले ओैपचारिक क्षिक्षा रोक्नु प¥यो । बाध्यात्मक परिस्थिति बन्न पुग्यो ।त्यसपछि देबले आफ्ना सबै सपनाहरूलाइ थाति राख्दै कमाउन भनेर काठमाण्डौं गए । कोरिएन भाषा सिक्ने प्रयास गरे । संघर्ष धेरै गरे । यता घरमा परिवारको आर्थिक अबस्था दयनीय थियोे । तीन वटा सानी नाबालिका छोरी रहेकि छ्न भने देवकि श्रीमती र आमाले खेतीपाति, मेलापात र १५÷२० ओटा बाख्रा पाल्नुभएको छ मुस्किलैले जीवनयापन सम्म चलेकोछ ।
देवको गणित विज्ञान विषयमा उच्च शिक्षा लिने सोच थियो । उनलाई सहयोगका मिठा मिठा सपना सबैले देखाए । तर सहयोग कसैले गरेनन् । न त बडिकेदार गाउँपालिकाका वडाहरुले सहयोग गरे न त बडिकेदार गाउँपालिका कसैले पनि सहयोग नगरेको देबले दुखेसो पोख्नुभयो उहाले थप्नुभयो धेरैलाई सहयोग गरियो तैपनि अपमानित हुनुपरेको देबले बताए ।
तमामका लागि बडिकेदार गापामा रोजगारी सृजना भए तर देव मौनी र उनी जस्तै अरु देवहरु जसले पहिलो प्राथमिकता पाउनु पर्ने थियो , आज उनीहरु नै उपेक्षित र बञ्चित हुनुपर्याे । न सत्तामा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र कसकालागि आएको हो ? यो भने हेर्न बाकी छ । देशमा भ्रष्ट्राचार र अराजकताको क्रान्तिकारी आयाम के छ ? यो त पुष्टि गर्ने यो एउटा प्रतिनिधि दृष्टान्त हो ।