जगत देउवा
धनगढी १९ पुस/राष्ट्रिय सेभेन साइड भेट्रान फुटबल प्रतियोगितामा रुपन्देही भेट्रान बुटवल र कैलाली भेट्रान काठमाण्डौ फाईनलका लागि भिड्ने भएका छन् ।
सोमबार रुपन्देही भेट्रान बुटवल र मनकामना भेट्रान जुगेडा बिच भएको पहिलो खेलामा रुपन्देही भेट्रान बुटवल १–०ले बिजयी भएको थियो । यो संगै रुपन्देही भेट्रान बुटवल फाईलमा प्रबेश गरेको हो ।
उक्त खेलमा राजु खड्काले एक गोलको योगदान दिएका थिए भने म्यानआफ द म्याच पनि राजु खड्काले घोषित भएका थिए । म्यानआफ द म्याच पुरस्कार गोदाबरी नगरपालिकाका वडा नम्बर ८का वडा अध्यक्ष नरेश अधिकारीले हस्तान्तरण गरेका थिए ।
त्यसैगरी सोमाबरनै कैलाली भेट्रान काठमाण्डौ र ग्रिनल्याण्ड पार्क भेट्रान जोनापुर बिच भएको दोस्रो खेलामा ३–१ले कैलाली भेट्रान काठमाण्डौ बिजय भएको थियो । यो संगै कैलाली भेट्रान काठमाण्डौ पनि फाईनलमा प्रबेश गरेको हो । उक्त टिमबाट उमेश लामाले एकलैले १६, ४० र ४७ मिनेटमा गरेका तिन गोलको योगफल जोडेका थिए । उक्त खेलका म्यानआफ द म्याच उमेश लामानै घाषित भए । म्यानआफ द म्याचको पुरस्कार कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष शुरेस हमालले प्रदान गरेका थिए ।
