जगत देउवा
धनगढी १७ पुस/ राष्ट्रिय स्तरीय सेभेन साइड भेट्रान फुटबल प्रतियोगिताको पहिलो खेलमा कैलाली भेट्रान काठमाण्डौ बिजयी भएको छ ।कैलालीको जोनापुरमा ग्रीनल्याण्ड पार्क विकास समितिको आयोजनामा राष्ट्रिय स्तरीय सेभेन साइड भेट्रान फुटबल प्रतियोगिता शनिबार देखी सुरु भएको छ ।
शनिबार भएको कैलाली भेट्रान काठमाण्डौ र रोयल गोर्खाज महेन्द्रनगर बिच भएको पहिलो खेलमा २–०ले कैलाली भेट्रान काठमाण्डौ बिजयी भएको हो । कैलाली भेट्रान काठमाण्डौको तर्फबाट भरत थापा र सुबोध ढुङ्गेलले एक÷एक गोलको योगदान दिएका थिए ।दोस्रो दिनको खेल आईतबार १ बजेबाट पहिलो खेल अत्तरिया भेट्रान र ग्रीनल्याण्ड पार्क जोनापुर, दोस्रो खेल रुपन्देही भेट्रान र बोराडाडी भेट्रान, तेस्रो खेल मनकामना भेट्रान जुगेडा र नेपालगञ्ज भेट्रान बिच हुने आयोजक समितिका अध्यक्ष गोपाल चौधरीले जानकारी दिए । प्रतियोगितामा ८ टिम सहभागि रहेका छन् ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख र दृतिय हुनेले ५० हनार पुरस्कार पाउने आयोजक ग्रीनल्याण्ड पार्क विकास समितिका अध्यक्ष गोपाल चौधरीले बताए । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्बाधिक गोलकर्ता लाई ५– ५ हजार तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई २ हजार दिइने चौधरीले बताए ।
भिडियो हेर्न यहाँ Click गर्नुहोस्
https://youtu.be/f0HYdtrpipE