काठमाडौँ, १७ पुस । माओवादी केन्द्र बन्द सत्रमा पार्टीको विधानमाथि छलफल सुरु भएको छ। बन्द सत्रमा पार्टीको विधानमा रहेको बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै केन्द्रीय समितिमा मनोनित संख्या पनि १५ प्रतिशत गर्न प्रस्ताव गरिएको छ। अहिले माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय छ । मनोनित प्रतिशत बढेपछि त्यो संख्या पनि बढ्नेछ । अहिले १० प्रतिशत संख्या मात्र मनोनित गर्ने प्रावधान छ।