काठमाडौँ, १५ पुस । चर्चित र्यापर आशिष राना अर्थात् ‘लाहुरे’ पक्राउ परेका छन्।लागुऔषध कारोबारसम्बन्धी मुद्दामा मुछिएपछि उनलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो। उनी पोखराकै हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि विस्तृत विवरण दिन इन्कार गरेको छ।
‘हो, उहाँ हामीसँगै हुनुहुन्छ। उहाँसँगै ४ जनालाई अनुसन्धानका लागि हामीले पोखराबाटै ल्याएका हौँ। उहाँको संलग्नता छ कि छैन भन्ने अनुसन्धानकै क्रममा छ’, कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले बिहीबार बिहान भने, ‘ लागुऔषधको मुद्दा संवेदनशील हो, अनुसन्धान अगाडि सबै कुरा भनिँदैन। कसैलाई पनि खोल्दैनौं। तपाईंले उहाँ सेलिब्रेटी भएर थाहा पाउनुभयो।’