काठमाडौं १५ पुस/अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् ।गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दी चलचित्रमा काम गर्नसक्ने समेत संकेत गरेका छन् ।
नेपाल र भारतको मित्रतालाई प्रस्तुत गरिएको ‘चेहेरा’ बोलको गीतको भिडियो सार्वजनिक कार्यक्रममा राजेशले भने, ‘निर्माता राजेश चौधरी र मबीच कुराकानी पनि भइरहेको छ । म त कलाकार हुँ । म हरेक भाषाका चलचित्रमा काम गर्न चाहन्छु ।’अभिनेता राजेश हमालले सार्वजनिक नयाँ गीतले नेपाल र भारतको भाषा र संस्कृतिलाई जोडेको पनि उल्लेख गरे ।
साथै उनले मुम्बई शहरको पनि प्रशंसा गरे । राजेशले भने, ‘मलाई मुम्बईको खानेकुरा निक्कै मनपर्छ । मुम्बईमा इनर्जी छ । यहाँ थुप्रै भाषा बोल्ने मानिसहरु बस्छन् । सबैले मुम्बईलाई आफ्नो शहर ठान्छन् ।