• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्टुडियोदेखि स्टेजसम्म व्यस्त मेलिना

काठमाडौं १५ पुस,  यतिबेला देशका विभिन्न जिल्लामा मेला(महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । कोभिड–१९ को प्रभाव कम हुँदै गएपछि करिब दुई वर्षपछि भएका मेला(महोत्सवले कलाकारहरुलाई व्यस्त बनाएको छ । यस्तै व्यस्तमध्येमा पर्छिन् लोकप्रिय गायिका मेलिना राई ।

उसो त स्टेज कार्यक्रम नहुँदा पनि उनी प्रायःजसो रेकर्डिङमा व्यस्त हुन्थिन् । स्टेज कार्यक्रम शुरु भएसँगै उनको व्यस्तता थप बढेको हो । ‘अहिले स्टेज कार्यक्रमहरु राम्रै संख्यामा हुन थालेका छन् । त्यसकारण व्यस्तता बढेको छ,’ मेलिना सुनाउँछिन् ।

कोरोनाको दोस्रो लहरपछि इण्डियाको दार्जिलिङ पुगेर सांगीतिक प्रस्तुति दिइन् । यस अवधिमा झापा, चितवन, सप्तरी, सिमरा, दाङ, नवलपुर हुँदै इलामसम्म पुगेर प्रस्तुति दिएर उनी मंगलबार मात्रै काठमाडौं फर्किएकी छन् ।  स्टेज कार्यक्रममा व्यस्त हुँदा रेकर्डिङ गर्नुपर्ने गीतको संख्या बढ्दै जान्छ । कोरोनाअघि पनि स्टेज कार्यक्रममा व्यस्त हुँदा रेकर्डिङ गर्नुपर्ने गीतहरुको थुप्रो लाग्थ्यो । त्यसकारण उनले स्टेजबाट फुर्सद पाउनासाथ दिनमै ६ वटासम्म गीत रेकर्ड गर्थिन् ।

अहिले फेरि त्यस्तै हुन थालेको छ । रेकर्डिङ गर्नुपर्ने गीतहरु थुप्रै छन्,’ मेलिनाले भनिन्, ‘बुधबार र बिहीबार रेकर्डिङ गरेर फेरि कार्यक्रमको सिलसिलामा इण्डिया जानुछ ।’

न्यु इयर इभ र जनवरी फस्टमा उनको भारतमा सांगीतिक प्रस्तुति हुनेछ भने त्यहाँबाट फर्किएपछि देशभित्रै पूर्वदेखि पश्चिमसम्मका केही कार्यक्रममा मेलिना व्यस्त हुनेछिन् । माघका लागि पनि उनका केही कार्यक्रम तय भइसकेका छन् । पोखरा, बर्दिया लगायतका स्थानमा कार्यक्रम तय भइसकेको उनले बताइन् ।

देशभित्र विभिन्न व्यवसायी संघ–संस्थाले मेला–महोत्सव तथा सांगीतिक कार्यक्रमहरु आयोजना गरिरहेका छन् । ती कार्यक्रममा दर्शकहको उपस्थिति पनि बाक्लो हुने गरेको मेलिना सुनाउँछिन् ।

म पुगेका मेला–महोत्सव तथा सांगीतिक कार्यक्रममा दर्शकको उपस्थिति एकदमै बाक्लो पाएकी छु । लामो समय सांगीतिक कार्यक्रम नहुँदा दर्शकहरु बोर हुनुभएको हुनाले हुनसक्छ मेला महोत्सवमा पुग्दा दर्शकहरुलाई एकदमै उत्साहित पाउँछु,’ मेलिना भन्छिन्, ‘दर्शकको उपस्थितिले आयोजकहरु पनि एकदमै खुशी भएको पाएँ ।’

दुई वर्षअघिसम्म स्टेज कार्यक्रमको जति चाप हुन्थ्यो, त्यति नै नभएपनि भएका कार्यक्रमको माहोल हेर्दा आफू एकदमै उत्साहित रहेको मेलिना बताउँछिन् । अहिलेको माहोल हेर्दा अब स्टेज कार्यक्रम राम्रै संख्यामा हुने मेलिनाको अपेक्षा छ । विदेशका लागि भने पहिलेजस्तो माहोल नबनेको उनले बताइन् । चार महिनापछि अप्रिलदेखि जुलाईसम्म जापान, अमेरिका र युरोपका विभिन्न देशमा उनको सांगीतिक टुर तय भएको छ । उनले भनिन्, ‘कोरोनाको नयाँ भेरियन्ट फैलिएन र लकडाउन भएन भने जान पाइएला । हेरौं के हुन्छ ।’

स्टेजमा मेलिनाले गाउन नछुटाउने गीत हुन् ‘कुटुमा कुटु, ‘नाच फिरिरी’, ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’ लगायत । पछिल्लो समय ‘तातो गोली’, ‘माया बिरानी’लगायतका गीत पनि नछुटाई गाउने मेलिनाले बताइन् । स्टेजमा सबैभन्दा धेरै ‘वान्स मोर’ आउने गीत चाहिँ कुन हो रु प्रश्नमा मेलिनाले भनिन्, ‘पहिले ‘कुटुमा कुटुमा एकदमै धेरै वान्स मोर हुन्थ्यो । अहिले मेरो प्रस्तुति सकिन लाग्दा वान्स मोर आइहाल्छ । एउटा गीतमा भन्दा पनि प्रस्तुतिका लागि वान्स मोर गरिरहनुहुन्छ । आफूले गाएका गीतलाई मात्र नभएर स्टेजमा पनि आफूले एकदमै धेरै माया पाउने गरेको मेलिना बताउँछिन् ।

बिहिबार, पुष १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.