काठमाडौं, १३ पुस । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०७८ मा टिम च्याम्पियन भएको छ।
सेनाले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन क्लब टिम च्याम्पियन भएको उल्लेख गरेको छ।
प्रतियोगिता नेपाल क्योकुशिन कराँते–डो संघ बज्र (आइकेओबी)ले ०७८ पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना गरेको थियो।
प्रतियोगितामा महिलातर्फ मन्जु बिक र पुरुषतर्फ सनीसिंह सुनार पहिलो, विकास गुरुङ र भूपेन्द्र वली दोस्रो तथा मनोज थपलिया तेस्रो भएका थिए। पाँचै जना खेलाडी नेपाली सेनाकै हुन्।