धनगढी, २ पुष । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ। १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो। एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ।
सुदूरपश्चिम इञ्चार्जमा सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नालाई प्रदेशमा सहइञ्चार्जको जिम्मेवारी दिइएको छ। यस्तै एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट चयन भएका छन्।