काठमाडौं, १ पुष । नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन्। गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन्। मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो।
थापाले २५१८ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १५९० मत पाएका छन्। यस्तै तेस्रो स्थानमा रहेका डा प्रकाशशरण महतले १२९६ मात्रै मत ल्याएकाले गगनको जीत निश्चित भएको हो। काँग्रेसको निर्वाचनमा ४६७९ मत खसेकाले अब सबै मत विपक्षमा परेपछि गगनलाई जितबाट कसैले रोक्न सक्दैन।