धनगढी , २९ मंसिर । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ ।
ढिलो गरी सुरु भएको बन्द सत्रले मंगलबार नेतृत्व चयन नगरी ११३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो ।आइतबार सम्ममा सकिनु पर्ने सम्मेलन नेतृत्व चयनका को ढिलाइका कारण मंगलबार सम्ममा लम्बिएको थियो ।
तर ढिलो गरी भए पनि प्रदेश कमिटी घोषणा ले केही सहज बनाएको नेकपा माओवादी केन्द्रका नगर सचिव रमेश भट्टराईले जानकारी दिए । निर्वाचन आयोगका प्रमुख डा केदार चन्द्र भट्टले महिला,युवा,दलित,मुस्लिम लगायत समानुपातिक सदस्यको छानबिन गरी सनाखत पछि मात्र प्रदेश कमिटी घोषणा गरेको उनले बताए ।
प्रदेश सदस्यमा कैलाली बाट ६०, बाजुरा १५,डडेलधुरा १५, दार्चुला १६,डोटी १९,बैतडी १९,बझाङ १९, अछाम २२,कञ्चनपुर बाट २८ जना निर्वाचित भएको उनले बताए । निर्वाचित प्रदेश सदस्यको पहिलो बैठक बाट नेतृत्व छनौट गर्ने उनले बताए ।
यही पुस ११ देखि १३ गते केन्द्रमा हुने राष्ट्रिय सम्मेलनका लागि ८९ जना प्रतिनिधि छनौट गरेको छ । डोटी ८,बैतडी ८,डडेलधुरा ७ अछाम बाट ८ जना प्रतिनिधि छनौट भएका छन् ।त्यस्तै बाजुरा ५,बझाङ ६ , दार्चुला ५, कैलाली २४ र कञ्चनपुरबाट १८ जना छनौट भएको उनले बताए ।