काठमाडौं, २८ मंसिर । कांग्रेस सभापतिका लागि दोस्रो चरणमा हुने मतदानमा आफूलाई सघाउन आग्रह गर्दै शेरबहादुर देउवा विमलेन्द्र निधिको निवास पुगेका छन्। देउवाले सभापतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका निधिको घरमा पुगेका हुन्।
पहिलो चरणमा कसैले स्पष्ट बहुमत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा हुने भएको छ। मतदान दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म हुने भएको छ।