धनगढी, २६ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयन फिर्ताको समय तोकिएको छ । हालसम्म २७ जनाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी फिर्ता लिएका छन् ।
बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समयसीमा तोकिएको थियो । त्यस्तै १२ बजेसम्मका लागि थप गरिएकोमा पुनः १२ः३० बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । भने दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।