धनगढी, २५ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्यानल पनि तय भएको छ। १४औँ महाधिवेशनबाट सभापतिमै दोहोरिन चाहेका उनले उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाएका छन्। महामन्त्रीमा अहिलेका सह–महामन्त्री प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बन्ने भएका छन्।
सहमहामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार हुने भएका छन्। थारुतर्फ सहमहामन्त्रीका उम्मेदवार उमाकान्त चौधरी हुने भएका छन्।