धनगढी, २५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफू प्रतिष्पर्धामा नरहने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले आफू प्रतिष्पर्धामा नरहे पनि राजनीतिमा भने सक्रिय नै रहने बताएका छन् ।
मनोनयनका क्रममा संस्थापनइतरबाट सर्वसम्मत सभापति उम्मेदवार हुने प्रयासमा विभिन्न चरणमा छलफल गरे पनि एउटै समूहका अरु आकांक्षीको साथ नपाए पछि पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।