धनगढी, २३ मंसिर/ धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कांग्रेस केन्द्रीय सदस्य दलित खुल्ला पदमा उम्मेदवारी घोषणा गरेका छन्। आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सो पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
मेयर वड धनगढी नेपाली कांग्रेस नगर समितिका सभापति समेत रहेका थिए। विद्यार्थी राजनीतिबाट उदाएका उनी लामो समय देखि पार्टीका विभिन्न पदमा रहेर काम गर्दै आएका छन्।
उनले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेका हुन्।
