एकेन्द्र चन्द
डोटी १७ मंसिर/डोटी बहुमुखी क्याम्पस डोटीमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न भएको छ । डोटी बहुमुखी क्याम्पस स्नातक तहमा अध्ययनरत दोश्रो, तेस्रो र चौथो वर्षका विद्यार्थीको सयुक्त आयोजनामा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
डोटी बहुमुखी क्याम्पसको सभाहलमा आयोजना भएको स्वागत कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, गजल मुक्तकलगायतका रचनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा विद्यार्थीहरूले डेउडा समेत खेलेका थिए ।स्वागत कार्यक्रमका प्रमुख अथिती क्याम्पस प्रमुख दिलानन्द जोशी रहेका थिए । स्वागत कार्यक्रमका बिशिष्ट अथिती उपप्राध्यापक लोकराज भट्ट, उपप्राध्यापक टीका फुलारा र फणीन्द्र साउद रहेका थिए ।
कार्यक्रमको संचालन स्नातक दोश्रो वर्षमा अध्ययनरत छात्र दिपेन्द्र ओझाले गरेको थिए भने स्वागत मन्तव्य दोस्रो वर्षमै अध्ययनरत विद्यार्थी टेक बोगटीले गरेका थिए । कार्यक्रम दोस्रो वर्षमै अध्ययनरत विद्यार्थी मोहन सिं ठकुल्लाको सभापतित्वमा सम्पन्न भएको थियो ।