• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अमेरिकामा खोप लगाएका व्यक्‍तिमा ओमिक्रोन संक्रमण

१६ मंसिर, काठमाडौं । अमेरिकामा समेत कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो ।

अमेरिकाको एलर्जी तथा संक्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसमा ब्रिफिङ गर्दै दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको बताए ।संक्रमण पुष्टि भएका व्यक्ति यात्रा प्रतिबन्ध लगाउनुपूर्व नै अर्थात् नोभेम्बर २२ गते अमेरिका आएको र एक हप्तापछि उनमा संक्रमण फेला परेको डा. फाउचीको भनाइ थियो । ती व्यक्ति ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेको तर उनको सम्पर्कमा आएका मानिसमा भने कोरोना नेगेटिभ देखिएको फाउचीले बताए ।

फाउचीका अनुसार कोरोना खोपको पूर्ण डोज लगाएका व्यक्ति ओमिक्रोनबाट संक्रमित भएको र ‘माइल्ड लक्षण’ देखिएका उनको स्वास्थ्यमा हाल सुधार भइरहेको फाउचीको भनाइ थियो । सान फ्रान्सिस्कोका जनस्वास्थ्य निर्देशक डा. ग्रान्ट कोलफ्याक्सले संक्रमित व्यक्तिले बुस्टर डोज भने नलगाएको बताए ।

यसै हप्ता विश्व स्वास्थ्य संगठनले ओमिक्रोनबाट विश्वभर जोखिम बढेको बताएको थियो । संगठनका अनुसार हालसम्म २३ वटा मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ । तर सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्ट ‘चिन्ताको विषय भए पनि डराइहाल्नु पर्ने कारण’ नभएको बताएका थिए ।नयाँ ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता के,कति छ, यसबाट मानिसहरू गम्भीर रुपले संक्रमति हुने वा नहुने र हालका खोपले काम गर्ने वा नगर्ने भनेर स्पष्ट भइसकेको छैन ।

 

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
डा. केसीका माग सम्बोधनका लागि सरकारको वार्ता टोली धनगढी आउँदै

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.