धनगढी, १५ मंसिर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न गरेको छ। सो पार्टीले कैलालीका १३, कञ्चनपुरका ३, डोटीका ८, अछामका ३, बैतडीका १ पालिकामा सम्मेलन सम्पन्न गरेको माओवादी सुदुरपश्चिम प्रदेश कमिटीले जनाएको छ।
त्यस्तै बझाङका ३, दार्चुलामा ३, बाजुरामा २ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ। अझै ४९ पालिकामा भने नगर सम्मेलन भइरहेको बताइएको छ। ७८ हजार २८५ पार्टी सदस्यता भएको यस प्रदेशमा यसअघि ७३१ वडामध्ये ६५२ वडामा वडा सम्मेलन सम्पन्न भइसकेको छ।