डडेल्धुरा, १४ मंसिर । एकपक्षीय रुपमा गरेको नेपाली कांग्रेस डडेल्धुराको अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले वैधानिकता दिएपछि त्यसविरुद्ध जारी अनसन अन्त्य हुने भएको छ ।
नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि गएर अनसन तोडाउन लागेका छन् । निधिको सचिवालयका अनुसार दिउँसो २ बजे सानेपा पुगेर निधिले अनसन तोडाउने छन् । अनसनमा रहेको निवर्तमान जिल्ला सभापति कर्णबादुर मल्लसहितको टिमले भने निर्वाचन समितिमै पुनरावेदन गर्ने तयारी गरेको छ । समितिले जिल्ला भसापतिलाई आधिकारिक क्रियाशील सदस्यताको विवरण नै हस्तान्तरण नगरी जिल्ला कार्यसमितिको निर्णय विपरित भएको अधिवेशनलाई मान्यता दिने निर्णय पुनर्विचार गर्न माग गर्दै पुनरावेदन गर्ने तयारी गरेको छ ।