धनगढी, ७ कार्तिक । नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा गोपिप्रसाद उपाध्याय निर्वाचित भएका छन्।
उपाध्यायले २६७ मत प्राप्त गरेका छन्। सभापति पदका अर्का उम्मेदवार हरि चन्द ठकुरीले २२९ मत प्राप्त गरे।
त्यस्तै, सचिवमा ३४७ मतसहित बिसराम राना र २७३ मतसहित पदम बहादुर रोकाया निर्वाचित भएका छन् भने सहसचिवमा २७० मतसहित सुरेन्द्र राना र २६० मतसहित हर्क बहादुर बिष्ट निर्वाचित भएका छन्।
