कञ्चनपुर, ७ मंसिर । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को सभापतिमा लाल बहादुर सिंह निर्वाचित भएका छन् ।
आज सार्वजनिक गरिएको मत परिणाम अनुसार सिंह ३४१ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नबराज जोशीले १५७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सोमबार भएको मतदानमा निर्वाचन क्षेत्र नं २ मा कूल ५०४ मत खसेको समितिले जनाएको छ । यस अघि नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित भईसकेका छन् । यस्तै निर्वाचन क्षेत्र नं १ मा अहिले मतगणना जारी छ ।
