सुखड, २ मंसिर । नेपाली काँग्रेस घोडाघोडी नगर सभापतीमा बम बहादुर सिंह बिजयी भएका छन । बुधबार भएको मतदानमा १०६ मत प्राप्त गरि सिंह र्निबाचित भएका हुन । सभापतिका उमेदवार चन्द्र कुमार चौधरीले १०१ मत प्राप्त गरे । सिंह ५ मतान्तरले बिजयी भएका हुन ।
त्यसैगरी घोडाघोडी नगर उप सभापतीमा १०१ मत प्राप्त गरि तिलक प्रसाद गैरे भट्टराई र ९४ मत प्राप्त गरी मान बहादुर बिष्ट बिजयी भएका छन ।
नगर सचिवमा १०२ मत प्राप्त गरी रेवती कुमारी मल्ल र ९७ मत प्राप्त गरी बुधराम चौधरी र्निबाचित भएका छन । त्यस्तै नगर सह सचिवमा १०५ मत प्राप्त गरी नारायण आचार्य र १०५ मत प्राप्त गरी कृष्ण बहादुर चौधरी र्निबाचित भएका छन ।
आसन्न १४ औँ महाधिवेशनमा घोडाघोडी नगर कार्य समितिका लागी बुधबार मतदान भएको थियो । सभापतिका लागी बम बहादुर सिंह र चन्द प्रसाद चौधरीको प्यानले चुनाबी प्रतिस्पर्धा गरेका थिए ।
