मसुरिया, २ मंसिर । नेपाली काङ्ग्रेसको गौरीगंगा नगर सभापतीमा पहल बिक्रम चन्द नेतृत्वको प्यानल बिजयी भएको छन । बुधबार भएको मतदानमा १०७ मत प्राप्त गरि चन्द सभापतिमा र्निबाचित भएका हुन ।
चन्दका प्रतिद्वन्द्वी सभापतिका उमेदवार मोहन बहादुर साउदले ८० मत प्राप्त गरे । चन्द २७ मतको मतान्तरले बिजयी भएका हुन ।
त्यसैगरी नगर उप सभापतीमा हृदय कुमार थापा ९८ र तिलाराम चौधरी ११० मत प्राप्त गरी बिजयी हुँदा साउद प्यानलबाट उप सभापतिका प्रतिस्पर्धी राम बहादुर सुनार ८२ र चिरन्जिबी छेडालले ७२ मत प्राप्त गरेका थिए ।
नगर सचिवमा हेमन्त राज जोशी ११३ र दिनेश कलेल ११६ र सह सचिवमा प्रकाश खड्का ११३ तथा तेज दियाकोटी १०४ मतले र्निबाचित हुँदा साउद प्यानलबाट सचिवका उम्मेद्वार सि.पी. सापकोटा ७४ र साइती देवी चौधरीले ५६ तथा सह सचिवका प्रत्यासी योगेन्द्र मन्नीले ७१ र खुशीराम चौधरीले ६५ मत प्राप्त गरेका थिए ।
आसन्न १४ औँ महाधिवेशनमा गौरीगंगा नगर कार्य समितिका लागी बुधबार मतदान भएको थियो । सभापतिका लागि पहल विक्रम चन्द र मोहन बहादुर साउदले प्यानमा चुनाबी प्रतिस्पर्धा गरेका थिए ।
