धनगढी, १ मंसिर/ नेपाली कांग्रेसको धनगढी उप महानगरपालिका अधिवेशन नगर कार्य समितिमा १५ जनाको उम्मेद्धारी दर्ता भएको छ । सभापति एक जना, उप सभापति दुई, सचिव दुई र सह सचिव दुई जनाको लागी १५ जनाको उम्मेद्धारी परेको हो ।
सभापति पदमा यज्ञराज उपाध्यायको मात्रै उम्मेद्धारी परेको छ । उनि नगर कार्य समिति सभापतिमा निर्विरोध चयन भएका छन् ।
यस्तै नगर कार्य समिति उपाध्यक्ष पदमा माया भण्डारी, तिकल बहादुर बोहरा, दिनेश बम (विकास), रत्न बिक्रम लामा, होम प्रसाद गोतम र शेष मुनिर अहमदको उम्मेद्धारी परेको छ ।
सचिव पदको लागी आठ जनाको उम्मेद्धारी परेको छ । डण्डीराज सुवेदी, आर्दश मल्ल, इन्दीरा कुमारी जोशी, दिनेश खत्री, नरेन्द्र बहादुर ऐडी, रोशन भट्ट, बिनय चोखाल र दिपेन्द्र बहादुर शाहको उम्मेद्धारी परेको छ ।
सह-सचिवका लागी सात जनाको उम्मेद्धारी परेको छ । दिपकराज खैर, तेज बम, धर्मराज रेग्मी, जनक धामी, चेतराम चौधरी, अम्मरराज गरी र दिपेन्द्र कलेलको उम्मद्धारी परेको छ ।