धनगढी, १ मंसिर/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सुदूरपश्चिमका मन्दिर दर्शनमा निस्कीएका छन् । बुधबार हेलिकप्टर चार्टर गरेर अध्यक्ष नेपाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेमगर डोटीका विभिन्न मन्दिर दर्शनमा निस्कीएका हुन ।
बुधबार दिउँसो अध्यक्ष नेपाल र मन्त्री आलेले सिलगढीस्थित शैलेस्वरी मन्दिर दर्शन गरेका छन् । शैलेस्वरी मन्दिर पुरेर पहेलो पहिरन लगाएर औपचारीक कार्यक्रमलाई समेत सम्बोधन गरेका छन् ।
बुधबार नै दुवै जनाले सुदूरपश्चिम प्रदेशकै शक्तीपिठको रूपमा रहेको बडी केदार दर्शन गर्ने कार्यक्रम रहेको छ । यस्तै अध्यक्ष नेपाल र मन्त्री आलेले दुर्गा मन्दिर रपाँकरीको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
डोटीबाट निर्वाचित मन्त्री प्रेमबहादुर आले मगर नियमित रूपमै बडी केदारको दर्शन गर्ने गरेका छन् ।
