काठमाडौं/नेपाली महिला क्रिकेट टोलीले पहिलो टि२० आई खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले ४७ बलमा ५ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिइन् । इन्दु रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् ।
सीता रानामगर ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् । सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११।५ ओभरमा २७ रनमा अल आउट भयो । कतारकी खादिजा इम्तियाज र एन्जेलिन मारेले सर्वाधिक ८(८ रन बनाए ।
नेपालको उत्कृष्ट बलिङ सामु घरेलु टोली कतारका ७ खेलाडीले खाता नखोली आउट भएका थिए । नेपालको घातक बलिङ सामु कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले १।५ ओभरमा १ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।