धनगढी, ३० कर्तिक/उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगिताको उपाधि धनगढी उपमहानरपालिकाले जित्यो । ‘धनगढीको टिम घर फर्कनु पर्ने थियो’ खेलाडीहरुका लागि फर्कनका लागि बसको टिकट व्यबस्थापन गरिएको थियो । धनगढीका फुटवल प्रेमीहरुले बसमा आउन लागेको जानकारी पाएपछि उपाधी जितेका खेलाडीको सम्मान सहित प्लेनमा ल्याउने दबाब दिएका थिए । आर्थिक जोहो कतैबाट पहल नभए भएपछि कैलाली फुटवल संघका अध्यक्ष मोहित शाहको पहलमा धनगढीका खेल प्रेमी मिलेर चन्दा संकलन गरेर धनगढी फर्कने टिकटको व्यबस्था गरे ।
सबैले आफ्नो सक्दो दक्ष अनुसार रकम संकलन गरेर खेलाडी तथा अफिसियलहरु हवाई टिकट काटेर फर्काएको तेज बमले जानकारी दिए । ‘राष्ट्रिकै गहना धनगढीको टिमले उपाधी जितेपछि बसमा ल्याउने कुरा भएन, प्लेन टिकट उनीहरु संग थिएन’ कैलाली फुटवल संघका अध्यक्ष मोहित शाहले भने–‘सबै खेलप्रेमीहरुले रकम संकलन गरेर खेलाडीका लागि टिकटको व्यबस्था भएको हो ।’ खेल प्रेमी राजेश गिरी, तेज बम, रवि कुवार, सुधिर साँउद, शम्भु लामिछाने, देवराज जोशी, जितेन्द्र बोगटी बोस, अनिल मल्ल र प्रकाश स्वाँरले रकम संकलन गरेर प्लेनको टिकटको व्यबस्था गरेका थिए ।
‘धनगढीका महिला खेलाडीले उपाधी जितेपछि चौतफी चर्चा र बधाई दिए तर, उनीहरुको बाध्यता कसैले बुझेको थिएन’ धनगढीका राजेश गिरीले भने–‘खेलाडीलाई कसैले हेदैनन् ।’ सरकारी निकायबाट पनि खेलाडीहरुको वास्ता हुदैन गिरीले भने ।उता उपमहानगरपालिका भने यसको बारेमा कुनै जानकारी नभएको बताएको छ । ‘सबै खेलाडीहरुलाई आवासदेखी खानपिनको व्यबस्था नगरपालिकाले नै गरेको थियो’ धनगढी उपमहानगरपालिकाकी उप–मेयर सुशिला मिश्रभट्टले भनिन्–‘टिकटको कुरा हामी कहा आएन ।’ हामी राष्ट्रिका गहना हुन् सम्मान गछौ उपमेयर मिश्रले भनिन् ।
‘खेलाडीहरुलाई बसमा धनगढी ल्याउन लागेको तयारी थियो’ महिला टिम संगै गएका मनकामना युवा क्लवका अध्यक्ष डबल थापाले भने–‘फुटवल प्रेमी व्यापारीहरुले खेलाडीहरुको सम्मानमा प्लेनको टिकट व्यबस्था गरेका हुन् ।’ यता गृह नगर फर्किको धनगढी उपमहानगरपालिकाको टिमलाई धनगढी विमानस्थलमा स्वागत सम्मान गर्दै उपमेयर सुशिला मिश्र ‘भट्ट’ पुगेकी थिईन् । मेयर नृपबहादुर वड पनि खेलाडीहरुको हौसला बढाउन फाईनल खेलमै प्रतियोगितामा समेत पुगेका थिए ।
धनगढी उपमहानगरको टिममा रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सहभागि रहेका थिए ।