धनगढी ३० कार्तिक/नेपाली काँग्रेस कैलालीमा १४ औ महाअधिबेशन अन्तरगत वडा अधिबेशन सकिएको छ । कैलालीको सबै भन्दा चर्चाको बिषय बन्यो टीकपुर नगरपालिका वडा नम्बर १को निकै चर्चा रह्यो । कैलालीको सबै भन्दा कृयाशिल सदस्यता बिवाद देखी वडा अधिबेशनमा खुलेरै गुटअपगुट बनाएर आरोपप्रत्यारोप लागाएर सडकमै छलाछुल्ल भएको थियो ।
टीकापुर वडा नम्बर १को कृयाशिल बिवाद केन्द्र सम्म नै पुग्यो । वडामा १२ सय ८४ कृयाशिल बितरण भएपछि क्षेत्र नम्बर १का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी सहितको टोली काँग्रेस केन्द्रीय कार्यालयमा ३३ दिन सम्म धर्ना बसेर पाँच सय ७७ सदस्यता खारेज भए । त्यती बेला क्षेत्रिय सभापति अधिकारी केन्दीय नेता राचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोईरला लगाएतका शिर्ष नेताहरुलाई भेटेर सदस्ता खारेज गराएको त्यहाका काँग्रेस नेता बताउछन् । महाअधिबेनको मिति टुङ्गो लागेपछि भुवन अधिकारी सहित देउवा समुह ईतरको टिम बन्यो । उक्त समुहमा चन्द्रसिह भट्टराई, इश्वरी न्यौपाने, गंगाबहादुर कुँवर, बुद्धीागर चौधरी, बिरबहादुर हमाल, जंगबहादुर साँउद, फकिरसिह कठायत र भुवनेश्वर अधिकारीहरुले प्यानल बनाएर प्रचारमा उत्रिए ।
देउवा समुहका नेता डा. रणबहादुर रावल पनि आफ्नो समुह बलियो बनाउन देउवा पक्षीय गुट बनाएर राजजनम चौधरी, जनक चौधरीले नेतृत्व गरेर खुलेरै प्रचारप्रशारमा उत्रिए । उनीहरु आफ्ना पक्षीय कार्यकर्ताहरुलाई लाईनमा बसाईन ठुलै रस्काकस्सी भयो । उनीहरुले क्षेत्रका दोस्रो तहाका नेता नवराज रावल, केशरी बिष्ट, राजकुमार हमाल, रामबहादुर भण्डारी, देवेन्द्र नेपालीहरु आफु निकटमा राखेर गुटमा सामेल गराएर टिम बनाए । उनीहरुले आफ्नो पक्ष बलियो बनाउन निकै तिकडमबाजी गरे । उनीहरुले आफ्नो पक्ष क्षेत्रिय प्रतिनिधी र वडा समितिमा ल्याउन निकै बल लगाए ।
देउवा गुटले टीकापुर १ नम्बर वडामा प्यानल खडा गरी निर्वाचन आफ्नो पक्षमा पुर्ण बुहमत ल्याए । देउवा ईतरका समुहमा चन्द्रसिह भट्टराई, इश्वरी न्यौपाने, गंगाबहादुर कुँवर, बुद्धीागर चौधरी, बिरबहादुर हमाल, जंगबहादुर साँउद, फकिरसिह कठायत, भुवनेश्वर अधिकारीहरु खुलेरै अलग गुट बनाएर वडा अधिबेशनमा देखिए । ईश्वरी न्यौपाने भने केन्द्रमा देउवा समुहमा देखिएपनि वडामा भने पुरै देउवा ईतरको अर्को समुह संग मिलेर प्यानल खडा गरेर नै म्यादानमा देखिईन् । भुवनेश्वर अधिकारी १३औ महाधिबेशनमा भने देउवा समुहबाट निर्वाचन लडेर कैलाली क्षेत्र नम्बर १को सभापति निर्वाचित भएका थिए । अहीले उनी देउवा ईतरको समुहमा लागेका हुन् ।
रोचक पाटो ‘क्लिन स्वीप सम्मको रणनीति’
कैलालीको सबै वडाहरुको क्षेत्रिय प्रतिनिधी छनोट भईसकेका छन् । अब कैलाली निर्वाचन क्षेत्र नम्बर १मा भने देउवा पक्षको नै हाबी भएको छ । भने कैलाली क्षेत्र नम्बर १मा अधिकंश वडाहरुबाट पनि क्षेत्रिय प्रतिनिधी देउवा पक्षनै बलियो देखियो । अब देउवा पक्ष ईतरको समुहका नेताहरुलाई यो क्षेत्रमा महाअधिबेशन प्रतिनिधी प्रदेश प्रतिनिधी, नगर र क्षेत्रमा आउन अव कठिन जस्ता नै देखिन्छ । क्षेत्र नम्बर १मा टीकापुर, जोशीपुर र जानकी गरी तिन स्थानीय तह पर्दछन् । उता टीकापुर वडा नम्बर १कै कृयाशिलले नै अब क्षेत्र नम्बर १को राजनीतिक लिड गर्छ । उक्त वडामा मात्रै ८१ मत रहेका छन् ।