धनगढी, ३० कार्तिक । नेपाली कांग्रेस कैलालीको नगर अधिबेशन स्थगित भएको छ । धनगढी उपमहानगरपालिका अन्तर्गत आज तय भएको नगर अधिबेशन स्थगित भएको हो ।
नगर सभापतिका लागि निर्माण ब्यबसायी संघ कैलालीका अध्यक्ष समेत रहेका यज्ञराज उपाध्याय र रुपेश स्वार बिच प्रतिस्पर्धा हुने भएपछि नगर अधिबेशन स्थगित भएको हो ।
यसअघि हिजो मात्रै पत्रकार सम्मेलनको आयोजना गरेर नगर सभापतिका लागि उपाध्यायले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । सोही अनुरुप आज निर्वाचन समेत तय भएको थियो । तर, स्वारले उम्मेदवारी दिएपछि दुबै पक्षलाई मिलाउने प्रयास सफल नभएपछि कार्यक्रम उदघाट नै नगरी स्थगित गरिएको छ ।
नेपाली कांग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाह ुुमनुू ले मतदाता नामावली प्रीन्ट नभएको र बन्दका कारण सबै उम्मेदवार उपस्थिति हुन नसक्ने भएपछि नगर अधिबेशन स्थगित गरिएको बताए । उनले भोलि बिहान ८ बजेदेखि पुनस् नगर अधिबेशन शुरुहुने बताए ।
