धनगढी, २९ कार्तिक । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा आज (सोमबार भने गिरावट आएको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँ कायम भएको छ।
आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
