धनगढी, २७ कार्तिक । कैलालीको गोदावरी नगरपालिका–११ मा नेपाली काँग्रेसको वडा अधिवेशन सकिएको छ। अधिवेशनबाट वडा सभापतिमा गणेश खड्का निर्वाचित भएका छन्।
आज सकिउको वडा अधिवेशनमा खड्काको प्यानल नै विजयी भएको हो। उनले आफ्ना प्रतिद्वन्दी कुमार बडैलालाइ १४ मतले हराएका हुन्। उनले ४३ मत पाएका थिए भने बडैलाले २९ मत मात्रै पाएका थिए।