• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

न्यायालयको विवाद त्यहींबाट समाधान हुनुपर्छ : कांग्रेस

काठमाडौँ, २७ कार्तिक । सत्तारुढ कांग्रेसले न्यायालयमा देखिएको विवादको विषयमा तत्कालै धारणा नबनाउने भएको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले न्यायालयको विवादमा कांग्रेसले अहिले पक्ष वा विपक्षमा लागेर बोल्ने बेला नभएको बताए ।

महतकाअनुसार बैठकमा त्यसबारे छलफल भएको र नेताहरुले विभिन्न विचार राखेका थिए । तर, त्यसबारे कुनै निर्णय नभएको उनले बताए । उनले आइतबार बस्ने केन्द्रीय समिति बैठकमा यो विषय थप उठ्न सक्ने भए पनि अहिलेलाई कांग्रेसको यही नै प्रस्ट दृष्टिकोण भएको दाबी गरे ।

‘न्यायालयको विवादमा सबैको ध्यानाकर्षण भएकै छ । त्यसबारे अहिले हामीले बोल्ने कुरा छैन । हामीभित्र छलफल भइरहेको छ । भोलि पनि हुनसक्छ । तर अहिलेको प्रस्ट कुरा भनेको न्यायालयभित्रैबाट निकास आउनुपर्छ भन्ने नै हो,’ महतले भने ।शनिबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले भने न्यायालयमा देखिएको समस्याका कारण न्यायिक प्रक्रिया नै अवरुद्ध भएको भन्दै त्यसबारे सरकार र राजनीतिक दलहरु चुप लागेर बस्नु नहुने बताएका थिए ।

पौडेल समूहको शुक्रबारै न्यायालयमा देखिएको समस्याका विषयमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि संस्थापनइतर पक्षका १२ जना केन्द्रीय सदस्यहरुले विज्ञप्ति नै जारी गरेर न्यायालय विवादमा दलहरु चुप लागेर बस्न नहुने भनेका थिए । पौडेल समूहको भेलाको निष्कर्ष बमोजिम नै नेताहरुले शनिबारको बैठकमा न्यायालयको विवादका विषयमा प्रस्ट धारणा बनाएर निकास दिनुपर्ने प्रस्ताव गरेका थिए ।

जवाफमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवाद त्यहीं भित्रैबाट समाधान हुनुपर्ने बताएका थिए । देउवाले न्यायालयको विवादमा अहिले बोल्न नमिल्ने बताएका थिए ।

‘राज्य सञ्चालनका लागि संविधानले तीन अंगहरु न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका रहने व्यवस्था गरेको छ । यी निकायको आ–आफ्नै अधिकार क्षेत्र छ । त्यो कसैले पनि मिच्न मिल्दैन,’ देउवालाई उदृत गर्दै सहमहामन्त्री महतले इकान्तिपुरसँग भने, ‘न्यायालयमा देखिएको विवादको विषयले समस्या उत्पन्न भएको छ । तर, यसमा हामीले पक्ष वा विपक्षमा लाग्ने कुरा छैन । यसको न्यायालयभित्रैबाट निकास आउनुपर्छ ।’

शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.