धनगढी,२७ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा सुरु भइरहेको छ। २९ कात्तिकसम्म हुने सम्मेलनको उद्धघाटन अगाडि आज धनगढीमा प्रदर्शन गरिएको छ।
सम्मेलनको पार्टीका महासचिव विप्लवले उद्घाटन गर्ने मोर्चाले जनाएको छ। सम्मेलनमा देशका ७७ वटै जिल्ला तथा भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरी साढे तीन सयजनाको सहभागिता रहको मोर्चाले जनाएको छ।
सम्मेलनमा मुक्ति मोर्चाको आन्दोलनको समीक्षा, नयाँ विचार, रणनीति, कार्यदिशा, संगठनको नयाँ नाम र संरचना, नीति तथा कार्यक्रमलगायत विषयमा छलफल हुनेछ।