धनगढी, २७ कार्तिक । कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छिन्। डडेल्धुरा घर भई अत्तरिया भाडामा बस्दै आएकी २७ वर्षीया कल्पना भट्ट मृत फेला परेकी प्रहरीले बताएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनी गएराति आफ्नै कोठाको पङ्खामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनका ९ वर्षीय छोरा छन्। कल्पनाका माइती पक्ष र परिवारलाई घटनाबारे खबर गरिएको प्रहरीले बताएको छ।
