धनगढी, २६ कार्तिक । नेकपा एमाले गोदावरी नगरपालिका – १ को अधिबेशन को बिबादको कारण नगर अधिबेशन पनि प्रभाबित बनेको छ । १५ गते उदघाटन भएको अधिबेशनको बन्द सत्र २२ गते हुने भनिएको थियो । तर आज सम्म पनि बन्द सत्र हुन सकेको छैन ।
नेकपा गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टले पार्टी एकता पछि पार्टी भित्र पूर्वधार खोज्दा समस्या भएको बताए । ‘वडा नम्बर १ मा जसरी एकलौटी टिम घोषणा गरेर सपथ खुवाउने काम भयो त्यसको सन्देश नराम्रो गयो,’ भट्टले भने ,’अब त्यँहाको समस्या समाधान नभए सम्म नगर अधिबेशन को बन्द सत्र अगाढी बढाउन गार्हो हुन्छ ।’
उनले सहमती मै नेत्रित्व चयन गर्ने भनिएको थियो तर छलफल हुँदै गर्दै सर सल्लाहा नै नगरी एकलौटी नेत्रित्वको घोषणा गरिएको बताए । यसमा केही जिल्लाका जिम्मेवार नेताहरुको पनि भूमिका रहेको आरोप लगाए । बन्द सत्रको बारेमा पनि अहिले कसैले पनि आफु सँग छलफल नगरेको उनको भनाई रहेको छ ।
गोदावरीका अन्य वडामा सहमती मै नेत्रित्व चयन गरिएको भएपनी वडा नम्बर १ मा पूर्व माओबादी र पूर्व एमालेले आ आफ्नो दाबी नछोडदा समस्या झनै बल्झिएको छ ।
यदपी निर्बाचन मन्डलमा रहेका पूर्व एमाले समर्थक सदस्यहरुले पूर्व एमाले कै गणेश महरालाई वडा कमिटीको अध्यक्ष घोषणा गरेर सपथ खुवाएका छन् । जसलाई पूर्व माओबादीका नेता कार्याकर्ताहरुले अस्विकार गरेका छन् । अब सो वडाको निर्णय प्रदेश कमिटीले गर्ने बुझिएको छ ।