काठमाडौँ, २३ कार्तिक । सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ। आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ६।६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०।३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ। बैंक सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।
त्यस्तै प्राइम बैंकले आफना शेयरधनीलाई १६।६३ प्रतिशत लाभांश दिने भएको छ। बैंकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट प्रतिशेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ। बैंकका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश शेयर उपलब्ध गराइने छ भने ०।६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत र बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ। बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीको भनाइ छ।