चितवन, २१ कार्तिक । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति राप्ती नदीको ड्यामसाइड घुम्न गएका व्यक्तिहरु माथि हात्तीले आक्रमण गरेको थियो।
राप्ती–१ घलानचोक बस्ने २८ वर्षका सागर लामाको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
सोही ठाउँका ३५ वर्षीय कृष्ण लामा र २३ वर्षीय शक्ति गुरुङ पनि ड्याम साइड घुम्न गएका थिए।हात्तीले लखेटेपछि भागेका सागरको बिहान मकवानपुरको मनहरी(खयरघारीमा शव भेटिएको हो।हात्तीको आक्रमणबाट कृष्ण लामा पनि घाइते भएका छन्।