धनगढी, २१ कार्तिक । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ मा मोटर साइकल दुर्घटना ३ जना घाइते भएको प्रहरीले जनाएको छ।
टिकापुरतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय श्रीराम चौधरी, उनकी २५ वर्षीय श्रीमती ज्ञानु चौधरी र ३ वर्षीय छोरा करन चौधरी घाइते भएका हुन्।
छोराको अवस्था गम्भीर रहेको छ भने श्रीमान–श्रीमती सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। करनलाई लम्की अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकल लम्की प्रहरीको नियन्त्रणमा छ।