बाजुरा,२० कार्तिक । अज्ञात समुहले बाजुराको बुढीनन्दा नगरपालिकाका दुई वटा मोटरसाइकल जलाएको छ ।
बुढीनन्दा नगरपालिका वडा नम्बर १ पिपलडाली नजिकै शुक्रबार राति जलाएर सडकमा अलपत्र अबस्थामा फालेको पाईएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
एउटा मोटरसाइकल वडा नम्बर २ र एउटा प्राबिधिक शाखाको रहेको बुझिएको छ । प्राबिधिक शाखाको भे १ प १४०४ र ६१३ नम्बरको अर्को मोटरसाइकल रहेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।