धनगढी, १५ कार्तिक । धनगढीस्थित धनगढी स्किन केयर एण्ड एस्थेटिक्स सेन्टरमा कपाल प्रत्यारोपण गरिएको छ। स्किन केयर एण्ड एस्थेटिक्स सेन्टरले आज कपालको सफल प्रत्यारोपण गरिएको जनाएको छ।
डाक्टर विक्रान्त ढकालको टीमले धनगढी–१५ का २४ वर्षीय दिपक चौधरीको कपाल प्रत्यारोपण गरेको हो। चौधरीको टाउकाको पछाडी भागमा रहेका कपालहरु निकालेर प्रत्यारोपण गरिएको हो।