धनगढी, १३ कार्तिक । धनगढीकी २५ वर्षीया कोपिला कुँवर चौलागाई नेकपा एमालेको वडा अधिवेशनमा निर्वाचित भएकी छिन्। उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा वडा उपाध्यक्षमा चयन भएकी हुन्।
अघिल्लो चुनावदेखि एमालेमा सक्रिय रहेकी कुँवर कैलाली उद्योग वाणिज्य संघ र होलसेल व्यवसायी संघमा पनि कार्यसमिति सदस्य छिन्। उनको धनगढीस्थिल गोल मार्केटमा पसल छ। ‘व्यवसायसँगै राजनीतिमा पनि लागेर समाजको हितमा काम गर्ने इच्छा छ,’ कुँवरले भनिन्।