धनगढी, १३ कार्तिक । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा शोभा रावल सर्बसम्मतमा चयनगरिएको छ । धनगढीमा भएको प्रथम अधिबेशनमा रावलको अध्यक्षतामा १२ जनाको कार्यसमिती सर्बसम्मतमा चयनगरिएको छ ।
समितिको उपाध्यक्षमा कमला गुरुङ, सचिवमा सपना रोकाया र सहसचिवमा आशा चौधरी र गिता पौडेल चयन भएका छन । त्यस्तै समितिको सदस्यामा बिष्णुमाया अर्याल, लक्ष्मि भट्ट, बिष्णुदेबि बिष्ट, निकिता बिष्ट, सलता कुस्मि, सरीता चौधरी, रीता चौधरी र सुन्नदा पाण्डे सर्बसम्मतमा चयन भएका छन ।
नाबुन सुदूरपश्चिम प्रदेश अध्यक्ष शोभा रावलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफण्ट केन्द्रिय सदस्य तथा जिफन्ट सुदुरपश्चिम अध्यक्ष देबबहादुर बम प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा जिफण्ट केन्द्रिय सदस्य राजकुमारी चौधरी, नाबुन केन्द्रीय उपाध्यक्ष गंगा नकर्मी, केन्द्रिय महासचिव पबि गुरुङ, केन्द्रीय सदस्य तथा सुदुरपश्चिम ईन्चार्ज सुजना जोशी, जिफण्ट सुदुरपश्चिम प्रदेश सचिब जित मल्लको सहभागिता रहेको थियो ।
कार्यक्रम संन्चालन नाबुन सहसचिब कमला गुरुङले गरेकी थिईन ।